नियम ३८
लिखत तयारी र मिलापत्र
: मेलमिलापका लागि छलफल गर्दा मुद्दाका पक्षहरुका बीच मेलमिलाप भई मिलापत्र गर्न मन्जुर भएमा मेलमिलापकर्ताले यथाशीघ्र सोही व्यहोराको मिलापत्रको दरखास्त र मिलापत्रको कागज तयार गरी वा गर्न लगाई अदालतमा पेश गर्नु पर्नेछ र इजलासले सो दरखास्त अनुसार कानून बमोजिम मिलापत्र गराउनु पर्नेछ।